Logo
Logo

एलेक्स शर्माको ‘मलाई माफ गरिदेउ’ (भिडियो)



काठमाडौं । एलेक्स शर्माको ‘मलाई माफ गरिदेउ’ बोलको गीत सार्वजनिक भएको छ । हालै गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक प्रताप दासले स्वर दिएका छन् भने अर्जुन पोख्रेलको संगीत छ । एलेक्स शर्माको शब्द रहेको यस गीतको भिडियोलाई काठमाडौँका आसपास छायांकन गरिएको छ ।

भिडियोमा एलेक्स शर्मा, मौसम खड्का र रविन्द्र दर्नेलले अभिनय गरेका छन् । सरोज शाहीले खिचेको यस भिडियोलाई कुल केसीले डाईरेक्सन गरेका हुन् ।

यस भिडियोलाई गत हप्ता एक कार्यक्रमबीच विमोचन गरिएको थियो । भिडियोलाई शुभकामना दिन नेपाली कांगेसका महामन्त्री विश्व प्रकाश शर्मा, सामाजिक अभियान्ता भाग्य न्यौपाने र रमेश खरेल पत्रकार खरो खगेन्द पनि पुगेका थिए । गीतको भिडियोमा माया प्रेम र विछोडको कथा समावेश गरिएको भिडियो ओ एस आर डिजिटलबाट रिलिज भएको छ।

प्रतिक्रिया दिनुहोस्