Logo
Logo

निर्वाचन अनुगमनमा इलाम पुगे यी उच्चपदस्थ सुरक्षा अधिकारी



इलाम । इलाम–२ को उपनिर्वाचनको अनुगमन गर्न उच्चपदस्थ सुरक्षा अधिकारीहरु इलाम आएका छन् ।

नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) चन्द्र कुवेर खापुङ र प्रहरी उपरिक्षक (एसपी) भीम दहाल, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआइजी) अन्जनी कुमार पोखरेल, २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी (ब्रिगेडियर जनरल) युवधिरमान सिं अधिकारीलगायतको टोलीले अनुगमन गरेको हो ।

सोहीक्रममा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इलाम जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी), राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईं, रणसार्दुल गण इलामका गणपति प्रल्हाद घलेसहितका सरक्षा अधिकारीको टोलीले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको क, ख र ग केन्द्रहरुको अनुगमन गरेको छ ।

साथै, प्रहरी नायब महानिरीक्षक खापुङका अनुसार इलामको देउमाईस्थित केही मतदान केन्द्रको समेत अनुगमन गर्ने कार्यतालिका रहेको छ । हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्