Logo
Logo

आईपीएलमा आज हैदराबाद र राजस्थान भिड्दै


1k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

राजस्थान अन्तिम ९ मध्ये ८ जित हात पार्दै १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । उता, हैदराबाद ९ मध्ये ५ जित हात पार्दै १० अङ्कसहित पाँचौँ स्थानमा छ ।

हैदराबाद र राजस्थान हेड टु हेडमा बराबरीमा छन् । यी दुई टोलीबिच हालसम्म कूल १८ आईपीएल खेल भएका छन् । ९ खेलमा हैदराबाद र ९ खेलमा राजस्थान विजयी भएको थियो ।

दुई टोलीबिच हैदराबादमा कुल ४ खेल खेलिएको ५ । जसमा हैदराबादले ३ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्