Logo
Logo

स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँः स्वास्थ्यमन्त्री


189
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य सेवा विभागको आज निरीक्षण गर्दै उनले स्वास्थ्य संवेदनशील क्षेत्र रहेकाले बजेट बढाउन पहल गरिरहेको बताए ।

‘तपाईहरु काम गर्नुस् । बजेटको कमी हुन दिने छैन । मैले यसबारे अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छु । बजेटको सिलिङ बढ्छ’, मन्त्री यादवले भने ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक विभाग, महाशाखा र केन्द्रका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिने उनले उल्लेख गरे ।मन्त्री यादवले महामारी जहिल्यै पनि आउन सक्ने र यसका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्