Logo
Logo

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा


189
Shares

काठमाडौं । आज बिहानैदेखि काठमाडौंसहित देशका विभिन्न भू–भागहरुका पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय वायुको आंशिक प्रभावका कारण तीन प्रदेशहरू कोशी, बाग्मती र लुम्बिनी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

अन्य भूभागमा आंशिकदेखि साधारणतया बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्