Logo
Logo

नेपाल रत्न तथा आभूषण संघविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र श्रेष्ठको इजलासमा


1.3k
Shares

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज सुनुवाइ हुँदैछ ।

ब्यु हर्श ज्वेलर्सको तर्फबाट निकेश गुप्ताले दायर गरेको मुद्दा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ । गुप्ताले संघसहित ६ जनालाई विपक्षी बनाएर गत वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

अन्तरिम आदेश प्रयोजनका लागि जेठ ७ गते पनि पेशी तोकिएको मुद्दा हेर्न सो दिन हेर्न नभ्याइनेमा परेको थियो । आज आइतबार पनि पेशी पुछारतिर रहेकाले हेर्न नभ्याइनेमा पर्ने सम्भावना बढी छ ।

रिटमा संघले कारबाहीको नाममा सुन नदिएर आफ्नो सम्पत्तिको हक लगायत कम्पनीको उद्देश्य अनुरुप व्यापार गर्न पाउने र सुनुवाई तथा प्रतिरक्षाको र मौलिक हक कुण्ठित गरिएको उल्लेख छ ।

विपक्षीहरुको कार्यबाट संविधानको धारा १७ (च) ले संरक्षित गरेको निवेदकको संवैधानिक हक तथा प्रतिरक्षाको हक समेतबाट विमुख वनाइएकाले उक्त निर्णय उत्प्रेषणको आदेशबाट वदर गर्न माग गरिएको छ ।

साथै व्यवसाय सञ्चालन गर्न खपतको अनुपातमा नियमित तथा “क” वर्गको वैंक मार्फत एलसी खोली वैध प्रक्रियाबाट सुन आयात गरी व्यवसाय सञ्चालन गर्न दिनु भनि परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्