काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
![](https://www.drishtinews.com/wp-content/uploads/2019/02/mou-with-blue-cross-768x502.jpg)
सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल सञ्चालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई ब्लुक्रस हस्पिटल प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त ब्लुक्रसले प्रदान गर्ने स्वास्थ्यसम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिने बैंकले जनाएको छ ।