Logo
Logo

गृह मन्त्रालयमा मलाई २ रुपैयाँ कमाउनु छैनः खगराज अधिकारी


दृष्टि संवाददाता

148.6k
Shares


काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आफु पूर्णरुपमा पारदर्शी भएर काम गर्ने बताएका छन् । गृहमन्त्रीका रुपमा आफुले दुई रुपैयाँ पनि नकमाउने उनले बताए ।


मंगलबार गृह मन्त्रालयमा पत्रकारहरुसँग छलफल गर्दै उनले मन्त्रालयमा केही सुधार गरी आगामी चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेमा आफु केन्द्रीत भएकाले उनको भनाई छ । ‘मलाई नपुग्ने केही छैन, ६० वर्ष भए, श्रीमतीको जागिर छ, बच्चाले पढिसके, त्यसलाई मलाई कमाउनुपर्ने आवश्यकता छैन,’ उनले भने,‘कमाउने भनेको गुडवील होे, यो के कसरी सुधार गर्न सकिन्छ, त्यसमा म केन्द्रीत भएको छु ।’
प्रहरी सरुवा–बढुवामा आफुलाई ‘इन्ट्रेगट नभएको उनको भनाई थियो । प्रहरीमा कत्ति पनि हस्तक्षेप नगर्ने उनले बताएका छन् ।

सशस्त्र प्रहरीका कर्मचारीले न्यूनतम सुविधा विना नै देशको सीमा सुरक्षामा योगदान गर्दै आएको विषय आफुले बुझेको र त्यसलाई समाधान गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्