Logo
Logo

सार्वजनिक संस्थानलाई नाफामा लैजान अर्थमन्त्रीकाे निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । अर्थ मन्त्री जनार्दन शर्माले सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा बुधवार अर्थमन्त्री शर्माले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन् ।

के–कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरूलाई नाफामा लिन सकिन्छ ? के–के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुस्, मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नेपाल सरकारको ६ खर्ब रुपैयाँ लगानी रहेको सार्वजनिक संस्थानहरूले ३० हजार रोजगारी पनि सिर्जना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको बताए ।

नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानसमेत नोक्सानीमा रहेको भन्दै उनले सुधारका लागि नीतिगत परिवर्तनको आवश्यकतामा जाेड दिए ।

सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थान ४४ वटा रहेका छन् । यसमध्ये २४ वटा कम्पनी सामान्य नाफामा छन् भने १८ वटा घाटामा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्