Logo
Logo

लुक्ला एयरपोर्टमा हवाई दुर्घटना अपडेट, असई र को–पाइलटको मृत्यु, अर्का प्रहरी घाइते


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ बैशाख ।
लुक्लामा आइतबार बिहान ०९.३० बजेको समयमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

समिट एयरको विमान रनवेबाट टेकअफ गर्ने क्रममा पार्क गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग ठोकिन्न पुग्दा पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र समिट एयरको कोपाइलट एस. ढुंगानाको मृत्यु भएको हो ।
लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएको प्रहरीले जनाएको छ । समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेका छन् । टेकअफ गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्