Logo
Logo

नयाँ वर्षले समृद्ध देश निर्माणका लागि थप ऊर्जा मिलोस्ः राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ बैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७६ ले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने कामना गरेकी छन् । नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले उपलब्धीलाई सुदृढ बनाउन थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।


२०७५ साल संघीय शासन प्रणालीअनुरुपको कानुन बनाउन सफल भएको र सुशासन तथा समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उनको शुभकामना सन्देषमा उल्लेख छ ।
‘हाम्रो मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ । ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धि मार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप उर्जा प्रदान गरोस्’ शुभकामना सन्देषमा उल्लेख छ,‘प्राकृतिक एवम् साँस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधिन र स्वाभिमान राष्ट्रको रुपमा विश्वमानचित्रमा अंकित छ । नयाँ वर्षको अवसरमा सबै नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आव्हान गर्दछु । मलाई विश्वास छ, नेपाल र नेपालीको यो दृढ संकल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्रा्ष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।’

नयाँ वर्ष २०७६ मुलुकमा समृद्धि र दीगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् भन्ने कामना पनि राष्ट्रपतिको छ ।

प्रतिक्रिया दिनुहोस्