Logo
Logo

चन्द्रागिरीका लेखा अधिकृत रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २ बैशाख ।
काठमाडांैको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन् । लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सडक मर्मत सम्पन्न पश्चात रकम भुक्तानीका लागि उनले ठेकदारसँग घुस मागेका थिए । २० हजार रुपैयाँ घुससहित कार्यालय परिसरबाटै उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्