Logo
Logo

एसपीले सुन लुकाएको आरोपमा प्रहरी प्रधान कार्यालयको खण्डन




काठमाडौं । डोटीका एसपी दानबहादुर मल्लले सुन लुकाएको भन्ने आरोपको प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ । उक्त सुन र नगद पीडितलाई फिर्ता गरिएको प्रहरीको दाबी छ ।


भारतबाट चोरी गरी ल्याएको सुन र नगद डोटी प्रहरीले बरामद गरेको थियो । सो सुन गायब बनाएको स्थानीयको आरोप थियो । तर, इन्टरपोलमार्फत बरामद धनमाल पीडितलाई बुझाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
डोटीका एसपी दानबहादुर मल्लको पृष्ठभुमी राम्रो नभएकाले पनि कतिपयले उनले नै सुन लुकाएको आशंका गरेका थिए । जून विषयले प्रहरी नै बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले बिज्ञप्ती निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्