Logo
Logo

नेताहरूलाई गाउँ नबिर्सन सुझाव


उमेश बन्जाडे


लमही । गाउँ बिर्सिएको आरोप सबैभन्दा बढी नेताले नै खेप्नुपर्ने हुन्छ । अझ त्यसमा पनि सबैभन्दा बढी निर्वाचित प्रतिनिधिहरुले ।

आम नागरिकले यस्ताे आरोप लगाउनु पनि स्वाभिवकै हो । नागरिको ओरोप कतिपय नेताहरुसँग ठ्याक्कै मिल्छ । निर्वाचन जितेपछि उनीहरु एकपटक पनि गाउँ पुगेका हुँदैनन् ।

नेकपा माओवादी केन्द्रको तल्लो कमिटीका कार्यकर्ता एवं जनताहरुले आफ्ना नेतालाई गाउँ नबिर्सन सुझाव दिएका छन् । माओवादी केन्द्र लमहीले आफ्नो संगठन विस्तार एवं सुदृढीकरण अभियानलाई तीव्र बनाउँदै यस्तो सुझाव दिएका हुन् ।

माओवादी केन्द्रका कार्यकर्ताले दाङ जिल्लाका सबै पालिका अन्तर्गतका टोल र वडाहरुमा यतिबेला भेला र नयाँ कमिटीहरु गर्दै आएको छ । संगठनलाई सुदृढीकरण अभियानलाई तीव्रता दिएको माओवदीका नेताहरुको भनाइ छ ।

स्थानीय स्तरमा माओवादीप्रति थुप्रै गुनासाहरु रहेतापनि जनताका अपेक्षा भने माओवादीमै रहेको लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण घिमिरेले बताए ।

अभियान संगठन विस्तार मात्रै नभएर जनताका आधारभुत समस्या समाधान गर्ने उपाएको खोजी केन्द्रीत गरेको मओवादी केन्द्र, लमही नगरपालिका ३ का इन्चार्ज लोकमणी बन्जाडे (लेनिन) बताउँछन् ।

संगठन विस्तारसँगै जनताको समस्य र त्यसको समाधानका उपायको खोजी गर्दै अभियान अघि बढेको इन्चार्ज बन्जाडेले बताए । गुनासो सुन्न र गुनासोको समाधान गर्न प्रत्येक महिना कम्तीमा १ पटक टोलटोल पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्