Logo
Logo

डिएसपी र जवानलाई महिनाको उत्कृष्ट प्रहरी पुरस्कार




विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर आरटिआइ शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।


विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुकाले उनीहरुलाई महिनाको उत्कृष्ट घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘कर्तव्य ज्यान जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी जवान टिकाराम खापुङलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको छ,’ प्रदेश प्रहरी कार्यालयको बिज्ञप्तीमा भनिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ । यसले राम्रो काम गर्न प्रहरीलाई प्रोत्साहन मिल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्