Logo
Logo

१३ सय ८८ संक्रमित थपिए, २४ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २९७ नमुना परीक्षण गर्दा एक हजार ३८८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार २१४ र एन्टिजेनबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार २५९ जनाको आरटी पीसीआर र ३ हजार ३८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार २६० जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्