Logo
Logo

एक वर्षभित्र महाधिबेशन गर्छाैः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधानीमा सम्बोधन गर्दै उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए ।

जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए ।उनले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए । एकता दिवसको अवसरमा सोमबार ७७ जिल्लाकै अध्यक्ष र सचिव तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्