Logo
Logo

नेपालगञ्जमा प्रहरी मिलेमतोमा गाडीको अवैध धन्दा




नेपालगञ्ज । प्रहरी, प्रशासन र उपमहानगरपालिकाको मिलेमतोमा नेपालगञ्जमा निजी सवारी साधनलाई यात्रु बोक्न दिने गरिएको छ । रातो नम्बर प्लेटका सवारी साधन सडकमा पार्किङ हुने गरेका छन् ।


खुलेआम रुपमा रातो नम्बर प्लेटका स्कोरपियो गाडीले यात्रु बोक्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्दैन । किनकी ती व्यवसायीले जिल्लाका एसपी र डिएसपी तथा ट्राफिकका इन्सपेक्टरलाई मासिक रकम बुझाउने गरेका छन् । सिडिओ कार्यालयले समेत यसमा चासो नदिएकाले यसमा सिडिओको समेत मिलेमतोको आशंका गरिएको छ ।
यस्ता गाडी सडकमा पार्किङ हुने भएकाले जाम हुने गरेको छ । यसतर्फ स्थानीयले पटक पटक आवाज उठाएपनि प्रहरीले चासो दिएको छैन । भारतको सीमा नजिक रुपैडियामा मोटरसाइकलको अवैध पार्किङको विषयमा पनि पटक पटक कुरा उठ्दै आएको छ ।
कोहलपुरमा पनि नेपालगञ्जमा जस्तै समस्या छ । तर, यसमा प्रशासनले चासो दिएको छैन । यातायात व्यवसायीले यसको विरोध गरेपनि सुनुवाई भएको छैन । जबकी रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्नु ट्राफिक नियमविपरीत हो । बाँकेका एसपी श्याकृष्ण अधिकारी लगायतले यसवापत पैसा बुझ्ने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्