Logo
Logo

१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेस



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थास्पन गर्दै अर्थ मन्त्री जनार्धन शर्मा प्रभाकरले बजेट ल्याएका हुन्। यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्