Logo
Logo

असोज ४ देखि नयाँ नोट वितरण गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैँका लागि नयाँ नोट वितरण गर्ने भएको छ । यो वर्ष देशका सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार अधिकांश बैंकहरुले नयाँ नोट लगिसकेका छन् । विकास बैंक तथा फाइनान्स कम्पनीले समेत नयाँ नोट लगिसकेका छन् ।

यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गथ्र्यो । कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराइएको हो ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ । दसैंका लागि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउँदै आएको छ ।

हरेक वर्ष दसैँ नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन।

प्रतिक्रिया दिनुहोस्