Logo
Logo

एक हजार ५५८ संक्रमित थपिए, १० जनाको मृत्यु



काठमाडौं । नेपालमा शुक्रबार एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ३८५ नमुना परीक्षण गर्दा एक हजार ५५८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट १ हजार ८६ र एन्टिजेनबाट ४७२ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ८६ जनाको पीसीआर र ३ हजार ७२०जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर २६ हजार १५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्