Logo
Logo

साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा



काठमाडौं । अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् । गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङ भने टिममा अटाउन सकेनन् ।

बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय फुटबल टिम कतारमा छ । उतैबाट माल्दिभ्स जाने बताइएको छ ।

टिममा को–को ?

१. किरण चेम्जोङ (गोलरक्षक)
२. दीप कार्की (गोलरक्षक)
३. विशाल श्रेष्ठ (गोलरक्षक)
४. आशिष लामा
५. अनन्त तामाङ
६. अन्जन विष्ट
७. आयुष घलान
८. विशाल राई
९. दिनेश राजवंशी
१०. गौतम श्रेष्ठ
११. कमल थापा
१२. मनिष डाँगी
१३. नवयुग श्रेष्ठ
१४. नितिन थापा
१५. पुजन उपरकोटी
१६. रोहित चन्द
१७. सन्तोष तामाङ
१८. सुजल श्रेष्ठ
१९. सुमन अर्याल
२०. सुमन लामा
२१. सुनिल बल
२२. सुरजज्यु ठकुरी
२३. तेज तामाङ

प्रतिक्रिया दिनुहोस्