Logo
Logo

एक हजार १५७ संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५४१ नमुना परीक्षण गर्दा एक हजार १५७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८९२ र एन्टिजेनबाट २६५ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ६५२ जनाको पीसीआर र ३ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा ८ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्