Logo
Logo

एक हजार ८७ संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७६५ नमुना परीक्षण गर्दा एक हजार ७८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८९८ र एन्टिजेनबाट १८० जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ८ हजार ५५५ जनाको पीसीआर र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा १२ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६५ हजार ७५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्