Logo
Logo

अण्डा एकदिनमा कति खाने ? कसरी खाने ?



काठमाडौं । स्वास्थ्यका लागि अण्डा पनि फाइदाजनक मानिन्छ । तर यसलाई पनि खाने समयतालिका मिलाइएन भने हानिकारक पनि गर्छ । अण्डा एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारे ध्यान दिनु जरुरी छ ।

चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ ।

चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ ।

अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो । नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ ।

मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ । तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ । यसको मतलब अण्डाकै कारण शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो । तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ । अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ ।

ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?
अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन । कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ ।

अण्डाको एलर्जी
केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ। अण्डाका एलर्जीका

केही लक्षण ?
मुख वरिपरी रातो हुनु या सुन्निनु
पेट दुख्ने
बान्ता हुने
यसको एलर्जी ज्यान लिने खालको हुँदैंन । तर एलर्जी भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ । स्रोत स्वास्थ्यखबर

प्रतिक्रिया दिनुहोस्