Logo
Logo

अमेरिकामा कोभिडविरुद्ध औषधिको सफल परीक्षण

नेपालमा कसलाई के वास्ता ?



काठमाडौं । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ ।

‘मोल्नुपिरभिर’ नामक सो औषधि चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई परीक्षण गर्न दिनको दुईपटक दिइएको थियो । औषधि परीक्षण राम्रो भएको कम्पनीले जनाएको छ ।

मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ । उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्यांक समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गरेका छन् ।

यदि, नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड–१९ का लागि पहिलो एन्टिभाइरल खाने औषधि बन्नेछ । सुरुमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ, जसले भाइरस शरीरमा फैलनबाट रोक्छ ।

हिमाली जडीबुटीबाट बनेको ‘टरमरी गोल्ड’ चाँडोभन्दा चाँडो अनुसन्धान गरेर उत्पादन गर्न सकियो भने अमेरिकापछि नेपाल कोरोना औषधि पत्ता लगाउने दोस्रो मुलुक बन्ने छ । तर, चिन्ता कसलाई छ र ? देश बनाउने ? कोरोनाको नाममा लुटेर खान पल्केकाहरु लास गन्दै बसेका छन् । पत्ता लागेको औषधिमा ताला ठोकेका छन् र खोप, भेन्टिलेटरलगायतका सामग्रीमा खर्बौ खर्च गरेर कमिशन खाएका छन् ।

कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले संख्या बढाउने इनजाइमलाई नै निशाना बनाउने कम्पनीको दाबी छ । एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधिले काम गरेको खण्डमा महामारी अन्त्य गर्न यो ठूलो हतियार साबित हुने मर्ककका उपाध्यक्ष डारिया हजुडाले बताइन् ।

यता, नेपालमा कमल जोशीले हिमाली जडीबुटीबाट बनाएको ‘टर्मरी गोल्ड’नामक औषधि कोरोना बिरामीका लागि उपयोगी देखिएको छ । उक्त औषधि परीक्षण र उत्पादन गर्न जोशी अध्यक्ष रहेको कल्पसनद प्रतिष्ठानले सिंहदरबार वैद्यखाना र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई आग्रह गरिए पनि कसैले वास्ता गरेका छैनन् । उल्टै उक्त औषधि किन उत्पादन गरेको भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय सर्तकता केन्द्रले वैद्यखानामा ताला लगाइदिएको छ । जसका कारण नेपालले कोरोनाको औषधि पत्ता लगाएर पनि बजारमा ल्याउन सकेको छैन ।

कल्पसदन पद्धतिबाट हिमाली जडीबुटीबाट निर्मित ‘टरमरी गोल्ड’ कोरोनाका बिरामीलाई सुदूरपश्चिममा परीक्षण गर्दा शतप्रतिशत सफल देखिएको छ । त्यति मात्र होइन, कोरोना संक्रमण निको भएर पनि त्यसको असरका रुपमा देखापर्ने ‘कालो ढुँसी’ पनियसको प्रयोगबाट निको भएको छ ।

बिहान र बेलुका एक चिम्टी टरमरी गोल्ड एक कप तातोपानीमा खाएको दुई चार दिनमै कोरोना संक्रमित बिरामी निको भएको छ । अहिलेसम्म विश्वमा कोरोनाको औषधि पत्ता नलागेकोले हिमाली जडीबुटीबाट बनेको ‘टरमरी गोल्ड’ चाँडोभन्दा चाँडो अनुसन्धान गरेर उत्पादन गर्न सकियो भने अमेरिकापछि नेपाल कोरोना औषधि पत्ता लगाउने दोस्रो मुलुक बन्ने छ । तर, चिन्ता कसलाई छ र ? देश बनाउने ? कोरोनाको नाममा लुटेर खान पल्केकाहरु लास गन्दै बसेका छन् । पत्ता लागेको औषधिमा ताला ठोकेका छन् र खोप, भेन्टिलेटरलगायतका सामग्रीमा खर्बौ खर्च गरेर कमिशन खाएका छन् ।

प्रतिक्रिया दिनुहोस्