Logo
Logo

चक्रवात फानीको असर नेपालमा, देशभरी हावाहुरी


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौं, २० बैशाख । बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिएको छ । देशभरी शुक्रबार बिहानैदेखि हावाहुरी चलेको छ ।
हावाहुरीका साथै मेघ गर्जन र पानी पर्न थालेको छ । गृह मन्त्रालयले सतर्क रहन सर्वसाधरणलाई आष््रह गरेको छ । मौसम पूर्वानुमान अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ । हावाहरीका कारण देशका विभिन्न भागमा क्षती भइसकेको छ । गृह मन्त्रालयले हेलिकोप्टर नउडाउन निर्देशन दिएको छ ।


चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

मौसमविद् विभूति पोख्रेललका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।

फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने देखिएको अर्का मौसमविद् सुवास रिमालले जानकराी दिए । उनका अनुसार फानी, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज र भोलि देशभरिकै मौसम खुल्ने सम्भावना कम छ । खुलिहाले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने छ भने हिमाली भेगमा हिमपात हुने मौसमविद्को अनुमान छ ।
उता पोखरामा लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरी र पानीको कारण सो तालमा बोटिङ्ग गरिरहेको दुई वटा डुंगामा पानीमा डुबेमा छ । डुंगा डुबेपछि समस्यामा परेका ६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।
एक्कासी आएको हावाहुरी र पानीको कारण तालको विचमा अलपत्र परेका बेल्जियम नागरिक चार्लेट कोलट, काठमाडौं जिल्लाको बौद्ध बस्ने ४५ बर्षिय चेतन लामा, कास्की जिल्लाको पोखरा महानगरपालिका १ बस्ने १५ वर्षिय सिजन तामाङ, २५ वर्षिय असिम श्रेष्ठ, सोही महानगरपालिका ६ वस्ने १६ वर्षिय नितेस केसी र २६ वर्षिय सचिन गुरुङलाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरेको हो ।
अन्य विभिन्न जिल्लामा पनि हावाहुरी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्