Logo
Logo

फाइजरको एक लाख डोज खोप आउँदै, क-कसले पाउँछन् ?



काठमाडौँ । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोपको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

सोमबार भित्रिने एक लाख डोज खोप कात्तिक २८ गतेदेखि लगाउने तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । यो खोप १२ वर्षभन्दा माथिका उमेर समूहका किशोरकिशोरीलाई लगाइनेछ । तर, सोमबार आइपुग्ने खोपको मात्रा कम भएकाले जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर लगाइने सरकारको तयारी रहेको छ ।

यो खोप ८० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । खोप कार्यक्रम सञ्चालनका लागि केन्द्रीय खोप भण्डारणबाट २ देखि ८ डिग्री तापक्रममा पठाउन सकिन्छ भने ३१ दिनभित्र खोप प्रयोग गरिसक्नुपर्छ ।

यो खोप कार्यक्रम देशभरका २४ वटा अस्पतालबाट सञ्चालन हुने परिवार कल्याण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्