Logo
Logo

विमानस्थलबाट सुन तस्करीको नयाँ शैली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख ।
सुन तस्करीमा संलग्न समूहले नयाँ तरिका अपनाउन थालेका छन् । एक भारतीयले सुनको टाँक बनाएर त्यसमा त्यसमा कालो रंग लगाएर तस्करी गरेको प्रहरीले जनाएको छ ।


त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले सुनका टाँकसहित शनिबार पक्राउ गरेको हो।
थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए। उनले लुगा सिलाउन प्रयोग हुने सामाग्री ल्याएका थिए। प्रहरी र भन्सारको टोलीले शंका लागेर जाच्दा सुन भएको पत्ता लागेको हो। भन्सार, विमानस्थल प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
यसअघि प्रहरीलाई झुक्याउन विभिन्न तरिका अपनाएका थिए । कतिपयले मलद्धारमा लुकाएर समेत सुन तस्करी गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्