Logo
Logo

‘प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म बहस गर्दैनौं’



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए भोलि (बुधबार)बाट सर्वोच्चमा बहन नगर्ने बताएका छन् ।

नेपाल बार एसोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस नगर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश राणले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

मंगलबारको बैठकमा सल्लाहकार समितिका ३७ जनाले प्रधानन्यायाधीशबारे बारले कस्तो निर्णय गर्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव दिएका थिए । त्यसमध्ये ३६ जनाले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्