Logo
Logo

नेपाली श्रमिकका लागि मलेसियाको रोजगारीको बाटो खुल्यो



काठमाडौँ । नेपाली श्रमिकहरुलागि प्रमुख गन्तव्य बन्दै आएको मलेसियाको रोजगारीको बाटो खुलेको छ । मलेसियाले विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालीका लागि बाटो खुला भएको हो।

सिण्डिकेट प्रकरणका कारण २०७५ देखि बन्द भएको मलेसियाको रोजगारीको बाटो खुलेको हो । नेपालीहरू २०७५ जेठ २ गतेदेखि मलेसिया जान पाएका थिएनन्। बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो तर पनि म्यानपावर कम्पनीले कामदार पठाउन सकेका थिएनन्। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण मलेसिया रोजगारीको बाटो पुनः रोकिएको थियो।

काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको छ।

मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ। मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ।

वैधानिक भिसा भई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका व्यक्ति मलेसिया जान पाउनेछन्।

मलेसिया प्रवेशका लागि पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टसमेत अनिवार्य गरिएको छ। मलेसिया पुगेपछि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्