Logo
Logo

टि-२० विश्वकप : बंगलादेशमाथि इंग्ल्यान्डको सानदार जित



काठमाडौं । आइसिसी टि-२० विश्वकप इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय २५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रनमा आउट भए ।

डेविड मलान २५ बलमा ३ चौका सहित २८ रनमा अविजित रहे । जोनी बेयरस्टो ८ रनमा अविजित रहे । बंगलादेशका शोरिफुल ईस्लाम र नासुम अहमदले १–१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले खराब ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १२४ रन मात्र बनाएको थियो । उसका लागि मुस्फिकर रहिमले सर्वाधिक २९ रन बनाउँदा कप्तान महमदुल्लाह र नसुम अममदले समान १९ रन बनाए ।

बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा ट्यामल मिल्सले ४ ओभरमा २७ रन खचेएर ३ विकेट लिए भने लिअम लिभिङ्टन र मोइन अलीले समान ३ विकेट लिए । यस्तै, किफायति बलिङ गरेका क्रिस वोक्सले ४ ओभरमा १२ रन मात्र खर्चेर १ विकेट लिए ।

सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । अन्य टोलीले खाता खोलेका छैनन् । कुनै खेल नखेलेको नामिबिया तेस्रो स्थानमा छ । समान एक खेल खेलेका न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

प्रतिक्रिया दिनुहोस्