Logo
Logo

बागमतीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ



काठमाडौं । बागमती प्रदेशका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा (एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए ।

उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । पाण्डेले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका १–१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्