Logo
Logo

मलेसियाले नेपालबाट तत्काल नयाँ कामदार नलिने


504
Shares

काठमाडौँ । मलेसियास्थित नेपाली दूताबासले नेपालबाट तत्काल नयाँ कामदार नलिने बताएको छ ।

दूताबासले नयाँ कामदार लिन मागपत्र प्रमाण्ीकरणका सम्बन्धमा आधिकारिक जानकारी नआएकाले तत्काल नयाँ कामदार नलिने बताएको हो ।

भिसाको म्याद कायम रहेका श्रमिकहरु भने रोजगारदाताले अध्यागमन विभागबाट स्वीकृति लिएपछि जान पाउने छन्।

त्यसरी जाने श्रमिकहरुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

कोभिड–१९ नियन्त्रणका लागि मलेसियाले २०२० मार्चदेखि विदेशी कामदार आवागमनमा नियन्त्रण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्