Logo
Logo

एआईजी बस्नेत कारबाहीमा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ बैशाख ।
नेपाल प्रहरीमा पछिल्लो समय अनौठा निर्णयहरु भइरहेका छन् । एकातर्फ संगठनमा एआईजीको अभाव भएको बताएर दरबन्दी थप्ने लबिङ भइरहेको छ भने अर्काेतर्फ एआईजीलाई जिम्मेवारविहिन बनाउन थालिएको छ ।


प्रहरी एकेडेमीका एआईजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ । जबकी सुरक्षा परिषद्मा प्रहरीबाट डिआईजीको दरबन्दी छ । एआईजीलाई नै त्यहाँ काजमा खटाइएको छ ।
जबकी प्रहरीको कार्य तथा अपराध अनुसन्धान विभाग नेतृत्वविहिन छ । विभागलाई खाली राखेर एआईजी बस्न्यातलाई परिषद्मा सरुवा गर्नुलाई धेरैले अनौठो ठानेका छन् । कतिपयले बस्न्यातमाथि कारबाही भएको समेत बताएका छन् । लेखापालसँग मिलेर बजेटमा अनियमितता गरेको आरोप उनीमाथि छ । तर, हेडक्वार्टरमै सामान खरिदमा प्रबन्धकका प्रहरीले करिब १० करोड उठाएको चर्चा समेत छन् ।
एआईजी पुष्कर कार्कीलाई पनि ९ महिनामै सरुवा गरिएको छ । उनलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्