Logo
Logo

सुनको मुल्य बढ्यो


693
Shares

काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०० ले बढेर ९२ हजार कायम भएको छ ।सुन सोमबार प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याकंअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला ९१ हजार ३०० तोकिएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५० कायम भएको छ ।

महासंघले अन्तराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्