Logo
Logo

फूलमालाको व्यापार बढ्यो


378
Shares

काठमाडौं । यस बर्षको तिहार सुरु भएसंगै बजारमा फूलमालाको बिक्रिबितरण पनि बढेको छ ।

यस बर्ष तिहारमा मात्र २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अनुसार कोरोना महामारी कम हुँदै जादा गतबर्षको तुलनामा यस बर्ष फूलमालाको बिक्रिबितरण बढि हुने देखिएको छ ।

गत वर्षको तिहारमा १० देखि १२ करोड रुपैयाँका माला बिक्रि भएको एसोसिएशनको भनाइ छ ।

तिहारमा मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्न आकंलन भएपनि सयपत्री फूलको मालाको माग धान्न भने स्वदेशी उत्पादन पर्याप्त नरहेको एसोसिएशनले जनाएको छ । हाल देशका करिब ४० जिल्लामा व्यवसायिक स्तरमै फूल खेती भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा भारत लगायतका देशबाट करिब ३८ लाख रुपैयाँको फूल आयात भएको थियो । त्यस्तै बजारमा तिहारका प्रयोग हुने अन्य सामाग्रीको पनि बिक्रिबितरण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्