Logo
Logo

अपराध महाशाखामा एसएसपी थापाले सम्हाले कम्हाण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २७ बैशाख ।
एसएसपीहरुको आकर्षक पोष्टिङ बनेको महानगरीय अपराध महाशाखामा एसएसपी सहकुल थापाले कमान्ड सम्हालेका छन् । महाशाखामा शुक्रबार एसएसपी धीरजप्रताप सिंहको बिदाई तथा थापाको स्वागत गरिएको छ ।


एसएसपी थापा एसपीका रुपमा महाशाखामा बसेर काम गरिरहेका अधिकृत हुन् । हाल महानिरीक्षक रहेका सर्वेन्द्र खनाल महाशाखा प्रमुख हुँदा उनी त्यहाँ कार्यरत थिए । त्यहीबेलादेखिको दोस्तीका कारण उनले महाशाखाको कमाण्ड गर्ने अवसर पाएका छन् ।
महाशाखामा पछिल्लो समय अब्बल प्रहरी अधिकारीले जिम्मेवारी पाउँदै आएका छन् । कतिपय भने चलखेलका आधारमा समेत सरुवा भएका छन् । एसएसपी पोखरेल मध्यम खालका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । त्यसकारण उनलाई यसपटक अब्बल अधिकृत बन्ने अवसर रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्