Logo
Logo

सबैलाई चकित बनाउँदै पोखरेलले लगाए फुली, पाए प्रवक्ताको जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ बैशाख ।
एसएसपी विश्वराज पोखरेलको डिआईजी बढुवालाई लिएर निकै आलोचना भएपनि कुनै उजुरी नपरेपछि आइतबार उनले फुली लगाएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।


गत सोमबारको बढुवा समितिको बैठकले उनलाई डिआईजी बढुवामा सिफारिस गरी उजुरी दिन सूचना जारी गरेको थियो । आफू भन्दा दुई ब्याचका एसएसपीलाई उछिनेर आफ्नो ब्याचबाट उनी एक्लो बढुवा सिफारिस भएका थियो । जसको निकै आलोचना भइरहेको छ । तर, उजुरी भने कसैको परेन । उजुरी परेपछि बढुवा हेरफेर नहुने भएकाले उजुरी नपरेको हो । फुली लगाउने कार्यक्रममा उनी भन्दा सिनियर एसएसपीहरुको मुख अध्यारो थियो ।

साथै पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएर आईजिपी खनालले सचिवालयमै राखेका छन् । बढुवासँगै उनलाई प्रहरीमा भावी महानिरीक्षकका रुपमा हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्