Logo
Logo

एमाले महाधिवेशनः कैलालीबाट ४४ जना प्रतिनिधि छानिए



कैलाली । नेकपा एमालेको १०औं महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छानिएका छन् ।

पाँच प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४४ जना प्रतिनिधि छनोट गरिएको एमाले कैलालीका अध्यक्ष रतन थापाले जानकारी दिएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचजना, २ बाट नौजना, ३ बाट पाँचजना, ४ बाट सातजना र ५ बाट दशजना प्रतिनिधि छनोट भएका छन् ।

त्यस्तै दलिततर्फ आठजना प्रतिनिधि छनोट भएको थापाले जानकारी दिए । एमालेको १०औँ महाधिवेशन मंसिर १०–१२ सम्म चितवनमा हुने हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्