Logo
Logo

नेप्सेमा आज १६ अङ्कको वृद्धि


189
Shares

काठमाडौं । लगातार तीन दिनदेखि उकालो लागेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ ।

मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेर नेप्से सूचक आज २८ सय माथि पुगेको हो । मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ ।

दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर १ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा बुधबार बढेको छ । दिनभर भएका ७७ हजार ५१८ कारोबारबाट १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै कमाउनेमा आज पञ्चकन्या माई हाइड्रोपावर देखिएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ३० पैसाले बढेर ३८८ रुपैयाँ ४० पैसामा पुगेको छ । दोस्रो धेरै कमाउनेमा माथिल्लो तामाकोशीको शेयर मूल्य पनि १० प्रतिशत नै अर्थात ६४ रुपैयाँ १० पैसाले बढेर ७०५ रुपैयाँ ४० पैसा पुगेको छ ।

यसैगरी नेपाल बंगलादेश बैंक र मैलुङ खोलाको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्