Logo
Logo

नगर प्रमुख र कार्यकारी अधिकृतलाई कार्वाहीको माग


फिपराज बेघा


मोरङ । चार दलिय गठबन्धनले मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई र प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई बुधबार कार्वाहीको माग गरेको छ ।

निर्वाचित जनप्रतिनिधिलाई बैठक हलबाट हुकुमी शैलीमा बाहिर निकालिएको बिषयलाई लिएर नगर प्रमुखले आफ्नो पदबाट राजीनामा दिनुपर्ने,
अधिकृतलाई कारवाही र नगर प्रहरीलाई निलम्बनको माग गरिएको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजबादी पार्टी, नेपाल र एकीकृत समाजवादीले नगर प्रमुख राईलाई ध्यानाकर्षण गर्दै तीन दिने अल्टिमेटम समेत दिएको छ ।

गठबन्धनले भ्रष्टचार तथा अनियमितताको विषयमा उठेका सवालहरुका बारेमा तत्काल सर्वदलिय छानवीन समिति तयार गरी दोषीलाई कडा कारवाही गर्न, दमकल, जेसीबी, एम्बुलेन्स गाडी ममत, इन्धन, घरभाडा, कर्मचारी नियुक्ति लगायतका बिषयमा पारदर्शी ढंगले जनतामाझ सार्वजनिक गर्नुपर्ने सहित ९ बुँदे माग गरेको छ ।

गत कात्तिक २९ गते नगरपालिकाको बैठकमा वडा नम्बर ४ का वड़ाध्यक्ष गोविन्द भण्डारीलाई जनप्रतिनिधिहरु विच भनाभन हुने क्रममा घटना घटेको हो ।

यस्तो छ माग

१. निर्वाचित जनप्रतिनिधीलाई बैठक हलबाट हुकुमी शैलीमा बैठक हल बाहिर निकाल्न आदेश दिने नगर प्रमुखले आफ्नो पदबाट राजीनामा दिनुपर्ने ।

२. जनप्रतिनिधिलाई बैठक स्थलबाट निकाल्न आदेश दिने प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई कडा कारवाही गरियोस् ।

३. वडाध्यक्षलाई मयांदा विपरित कठालो समाई बैठक स्थल बाहिर निकाल्ने नगर प्रहरीलाई तत्काल निलम्बन गरियोस ।

४. भ्रष्टचार तथा अनियमितताको विषयमा उठेका सवालहरुका बारेमा तत्काल सर्वदलिय छानवीन समिति तयार गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस ।

५ बडा सचिव तारा निधी सापकोटालाई निलम्बन गरी छानवीन गरियोस् ।

६. दमकल, जेसीबी, एम्बुलेन्स गाडी ममत, इन्धन, घरभाडा, कर्मचारी नियुक्ति लगायतका विषयमा नगर प्रमुख र प्रशासकीय अधिकृतबाट पारदर्शी ढंगले जनतामाझ सार्वजनिक गरियोस् ।

७. माथि उल्लेखित विषयमा ३ दिन भित्रमा सम्बोधन नभए गठबन्धनको बैठक बसी कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछ । सो बाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार नगर प्रमुख दिलिपकुमार राई स्वयम् हुनु पर्ने छ ।

८. पथरीशनिश्चरे १ को मुन्धुम चोकमा पुरानो पिपलचौकको सार्वजानिक जग्गामा नगरको निर्णय बेगर मनोमानी ढंगले बनेको भवनको छानविन गरि सत्य तथ्य सार्वजानिक गरियोस् ।

९. पथरीशनिश्चरे नगरपालिकामा भएको अमानवीय, अमर्यादित अत्याचारी कार्यले गर्दा आज हाम्रो नगरपालिका राष्ट्रमै नराम्रो छवी बनाउन पुर्याउने
कार्यमा सम्लग्न व्यक्तिहरुलाई पहिचान गरी सामाजिक रूपमा दण्डित गर्न आम जनसमुदाय, बुद्धिजीवी, नागरिक समाज संघ, संस्था, पत्रकार, प्रसाशन सबै सबैमा यो ज्ञानप पत्र मार्फत अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्