Logo
Logo

राष्ट्र बैंकद्वारा घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक


378
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तने आर्थिक संकट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । पहिलो पटक सार्वजनिक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको छ । कार्यक्रममा गभर्नर अधिकारीले घरजग्गको कारोबारले भविष्यमा निम्त्याउने आर्थिक संकट रोक्न अहिले नै नियमन गर्न लागिएको बताए ।

उनले घरजग्गाको कारोबारलाई थप व्यवस्थित गर्दै नियमन तथा राजश्वको दायरामा ल्याउनको लागि ‘घरजग्गाा मूल्य सर्वेक्षण प्रतिवेदन’ तयार गरिएको जानकारी दिए ।

सर्वेक्षण प्रत्येक तीन तीन महिनामा गरी प्रतिवेदन तयार गर्ने राष्ट्रको बैंक आर्थिक अनुसन्धान विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्