Logo
Logo

वैदेशिक रोजगारीलाई बेथितीमुक्त बनाउने श्रममन्त्रीको प्रतिबद्धता


378
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् ।

वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए ।

कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले वैदेशिक रोजगार ऐन, विसं २०६४ लाई परिमार्जन गर्न र वैदेशिक रोजगारीबाट फर्केका कामदारको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरे । पौरखी नेपाल संस्थाका मञ्जु गुरुङले घरेलु कामदारका रुपमा महिलामाथिको प्रतिबन्ध तत्काल खुला गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्