Logo
Logo

सरकारले ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने


9.8k
Shares

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्युतीय ग्रिड सुधारका लागि ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘विद्युतीय ग्रिड आधुनिकीरण आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता कार्कीले भने ।

त्यसैगरी सरकारले पशु कल्याण विधेयक प्रमाणिकरणका लागि स्वीकृति दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका निम्ति सरकारले समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले केही विदेश भ्रमण स्वीकृति र बढुवाको निर्णय गरेको छ । दक्षिण कोरियामा हुने संयुक्त राष्ट्र संघको शान्ति मिसनको बैठकमा सहभागी हुन रक्षामन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वको टोली पठाउने निर्णय बैठकले गरेको हो ।

स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा डा. श्यामसुन्दर यादव, डा. भिमसेन तिङ्करी र डा. गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्