Logo
Logo

राखेप सदस्य सचिवमा घिसिङ नियुक्त


6.7k
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस सिमिति गठन गरेको थियो ।

दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्