
सौराहा, चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध निर्वाचित भएका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाका अनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध निर्वाचित भएका हुन् ।
२५ सदस्यीय अनुशासन आयोगको अध्यक्षमा केशव बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्रा.डा. भरतराज पहारीसहित खुलातर्फको १३ सदस्य र महिलातर्फको ९ सदस्य निर्वाचित भएका छन् ।
यस्तै, २५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित खुलातर्फको १३ सदस्य र महिलातर्फको ९ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा छन् । उनी १०औँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुन् ।














