Logo
Logo

पाँचथरका आठ वटै स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न



काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचथरका ८ वटै स्थानीय तहमा पालिका स्थरको अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत पाँचथरमा रहेका एक नगरपालिका र ७ वटा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

वाइसिएलका नेता मनिस आङ्बोका अनुसार अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । जस्मा फिदिम नगरपालिकाको अध्यक्षमा देबि थापा मगर, मिक्लाजुङ गाउपालिकाको अध्यक्षमा निरान्नद घिमिरे, तुम्बेवा गाउपालिमा खड्ग बहादुर सम्बाहाम्फे, कुम्मायक गाउपालिकामा महेन्द्र खड्का, फाल्गुनन्द गाउपालिकामा ईन्द्र कुमार नेम्बाङ, फालेलुङ गाउपालिकामा बुद्धिमान सावदेन, याङवरक गाउपालिकामा अर्जुन बेघा, हिलिहाङ गाउपालिकामाटेक बहादुर सुहाङ रहेकाछन ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा तथा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्