Logo
Logo

कांग्रेस धनकुटा सभापतिमा राई विजयी



धनकुटा । नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार राईले ५ सय ४ मत प्राप्त गर्दा फागोले ४ सय ७० मतमात्रै पाए । उपसभापतिमा सुनिल डंगोलले ४ सय ६६ र निर्मल ओझा ४ सय ३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।

यस्तै, सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६ सय २६ र जयन्द्र घिसिङ ४ सय ३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५ सय १८ र गिरिजा दाहालले ४ सय ६६ मत प्राप्त गरेर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्