Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान



काठमाडौं । नेपालमा हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough)  र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System)  र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी दुई दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १७ गते (शुक्रबार) दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

राती आज गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका मध्य र पूर्वी उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर १८ गते (शनिवार) दिउँसो प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्